Kathmandu Press

प्रधानसेनापति शर्माद्वारा अमेरिकी उच्च अधिकारीसँग भेटवार्ता

काठमाडाैं, असार १७ : असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।शर्माले असार १६ अमेरिकाका...
प्रधानसेनापति शर्माद्वारा अमेरिकी उच्च अधिकारीसँग भेटवार्ता

काठमाडाैं, असार १७ : असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।

शर्माले असार १६ अमेरिकाका जोइन्ट चिफ स्टाफ एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरे।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनले अमेरिकी सेनाका आर्मी चिफ अफ स्टाफका जनरल जेम्स चार्लेससँग पनि भेट गरेको छन्। 

भेटका क्रममा नेपाल–अमेरिका सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको सेनाले जनाएको छ।

असार १७ गते न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भ्रमण गरी त्यहाँका उच्च पदस्थ पदाधिकारीहरुसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्