तालिबानका सर्वोच्च नेता अफगान महासभामा सहभागी
काबुल, असार १७ : तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरहरूको महासभामा भाग लिएका छन्।स्थानीय सञ्चारमाध्यमका...
काबुल, असार १७ : तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरहरूको महासभामा भाग लिएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार तालिबानका सर्वोच्च नेताले सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बिहीबार शुरु भएको तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन युद्धग्रस्त देशका करिब ३ हजार ५ सय उलेमा (धार्मिक विद्वान्) लाई निमन्त्रणा गरिएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ।
जिरगाका सहभागीहरूले कक्षा ७ देखि १२ कक्षासम्मका छात्राका लागि विद्यालय पुनः सञ्चालन गर्ने राष्ट्रिय झण्डा र राष्ट्रिय गानलगायतका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












