Kathmandu Press

साउदीबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै इथियोपिया

मस्को, असार १७ : इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता गराउने कामलाई निरन्तरता दिएको विदेश मन्त्रालयले शुक्रबार जानकारी दिएको थियो। मन्त्रालयले दिएको जानकारीअनुसार...
साउदीबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै इथियोपिया

मस्को, असार १७ : इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता गराउने कामलाई निरन्तरता दिएको विदेश मन्त्रालयले शुक्रबार जानकारी दिएको थियो। 

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनामा आफ्ना कम्तीमा  पनि ४३ हजार नागरिकलाई फिर्ता गरेको छ।

Hardik ivf

यहाँका सञ्चार सेवासम्बन्धी मन्त्री लेगेसे तुलुले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको  र गएको तीन महिना यतामात्र यहाँका कम्तीमा पनि ४३ हजारलाई फिर्ता  गरेको बताएका छन्।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन्।

 यता मन्त्री तुलुकाअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन्। तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया फसेका बताइएको छ।

कागजात बिना नै साउदी अरेबियामा रहेका ती इथियोपियालीलाई स्वदेश फर्काउने अभियान इथियोपियाले केही महिना अघि सुरु गरेको हो।

गएको मार्चमा इथियोपियाली सरकारले एक समिति गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यको सुरुआत गरेको थियो। त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको हो। 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्