रुस र इन्डोनेसियाका राष्ट्रपतिबीच युक्रेनबारे वार्ता
मस्को, असार १७ : युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ।बिहीबार...
मस्को, असार १७ : युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ।
बिहीबार उहाँहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो। पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन्।
रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ। खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ।
साथै बिहीबारको उहाँहरुको वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ।
त्यसवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताउनुभएको क्रेमलिनले जानकारी दिएको छ।
उनले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जनकारी गराउनुभएको बताइएको छ। उता अर्को एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरुलाई आग्रह गरेका छन्।
उहाँले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताएका थिए।












