Kathmandu Press

जैविक बाली संरक्षण र प्रवर्धन गर्न  कृषि मेला

जुम्ला, असार १७ : जुम्लामा जैविक बाली संरक्षण र प्रवर्धनका लागि जिल्लास्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी मेला शुक्रबार आयोजना गरिएको छ।...
जैविक बाली संरक्षण र प्रवर्धन गर्न  कृषि मेला
Hardik ivfHardik ivf

जुम्ला, असार १७ : जुम्लामा जैविक बाली संरक्षण र प्रवर्धनका लागि जिल्लास्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी मेला शुक्रबार आयोजना गरिएको छ। ‘अर्गानिक खेतीमा वृद्धि कर्णाली समृद्धि’ भन्ने मूल नाराका साथ एकदिने प्रदर्शनी गरिएको जुम्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए।

स्थानीय बालीे प्रवद्र्धन गर्ने उद्देश्यले कार्यालयले आयोजना गरेको प्रदर्शनीमा  रैथाने बाली लोप हुँदै गएकाले त्यस्ता बालीको उत्पादन बढाउन र प्रवर्धन गर्न यस मेलाले यहाँका किसानलाई राम्रो सन्देश दिएको छ। मेलामार्फत स्थानीय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको निमित्त उनले बताए। स्थानीय खाद्य मेलाले स्थानीय बालीको संरक्षणमा राहत मिलेको यहाँका किसानले बताए। 

पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेला आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्ला शाखाका निमित्त प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिए। कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले बताए।  

जिल्लाका किसानले प्राङ्गारिक खेती उत्पादनमा बढाउन  नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याएको चन्दननाथ नगरपालिकाका प्रमुख  राजुसिहं कठायतले जानकारी दिनुभयो। उक्त मेलामा  तरकारी, खाद्यान्न, फलफूललगायत आठ  विधामा प्रथम, दोस्रो  र तेस्रो हुने किसानलाई पुरस्कार प्रदान गरिएको थियोे।

बालीको शुद्धता, बालि रोगका किरा, बालीको परिपक्वता र रङ्गका आधारमा मूल्याङ्कन गरिएको थियो। स्याउ, ओखर, मूला, काँक्रा, चिनो, कागुनो, भटमास, फर्सी, टमाटर, गाजर, मास, मुसुरो, जौँ, गेरास, भाँगो, तोरी, मार्सेलगायत अन्य प्राङ्गारिक कृषि उत्पादनलाई   प्रदर्शनीमा राखिएको थियो।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्