Kathmandu Press

शिखर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

डोटी, असार १७ : शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।नगरपालिकाले विसं २०७८ चैत मसान्तसम्म १६ देखि २३ महिनासम्मका...
शिखर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

डोटी, असार १७ : शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।

नगरपालिकाले विसं २०७८ चैत मसान्तसम्म १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिश शाहले जानकारी दिए।

जिल्लाका नौवटै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेकाले अब चाँडै नै अन्य स्थानीय तह पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले बताए। 

उनले भने, 'बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चाहरुलाई १४ रोगका विरुद्धमा नौवटा खोप लाउने गरिन्छ, सबै पालिकामा रहेका बालबालिकालाई उक्त खोप दिइएपछि क्रमशः घोषण गरिने छ।'

नगर प्रमुख दीर्घबहादुर बलायरले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गर्नुभएको थियो।

यसअघि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको थियो। अब जिल्लामा सातवटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न बाँकी रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्