Kathmandu Press

महानगर मेयर साहद्वारा सम्पदा क्षेत्रको अनुगमन  

काठमाडाैं, असार १६ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले आज (शुक्रबार) सम्पदा र पूर्वाधार...
महानगर मेयर साहद्वारा सम्पदा क्षेत्रको अनुगमन  

काठमाडाैं, असार १६ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले आज (शुक्रबार) सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन्।

टोली बिहान ९ बजे अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुगेका थिए। 

‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री छ कि छैन भनेर हामीले मुख्य रूपमा हेरेका छौं,’ अनुगमनपछि प्रमुख साहले भने, ‘पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ।’

Hardik ivf

\उपप्रमुख डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भनिन्, ‘अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौं।’

अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए। वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने वडाध्यक्ष डंगोलको भनाइ थियो। 

वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिए। उनका अनुसार करिब ४ करोड रुपैयाँको लागतमा बहाल पुननिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ।

जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको सहयोग छ। बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो। दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ। जसमा  सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्वार गरिनेछ। 

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो। क्वाः पा छेंको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए। 

वडा ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो। त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख साहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गरे।

अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्र विलास बज्रचार्य, राम थापासहित अधिकारी सहभागी थिए। 

 
 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्