Kathmandu Press

भारतमा पहिरोमा १४ जनाको मृत्यु, थुप्रै अलपत्र

नोनी (मणिपुर), असार १७ : भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको...
भारतमा पहिरोमा १४ जनाको मृत्यु, थुप्रै अलपत्र

नोनी (मणिपुर), असार १७ : भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताएका छन्।

Hardik ivf

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ। जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बाबजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।

अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ।  

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन्।

'मणिपुरका सीएम श्री २एन वीरेन्द्र सिहँजीसँग कुरा भयो  साथै दुःखद पहिरोको कारण उत्पन्न स्थितिको समीक्षा भयो। केन्द्रबाट सबै सम्भव सहयोगको वाचा गर्दछु। म सबै प्रभावितहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु। म शोकसन्तप्त परिवारहरूसँग छु। घाइतेहरूको छिट्टै निको होस्,' प्रधानमन्त्री मोदीले ट्वीटमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्