Kathmandu Press

मनाङ ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख ९७ हजार

काठमाडौं, असार १७ : हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको...
मनाङ ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख ९७ हजार

काठमाडौं, असार १७ : हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ। संस्कृति संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बजेट सार्वजनिक गरिएको बताए। 
    
गाउँपालिकाले आन्तरिक राजश्वतर्फ रु ५० लाख, राजश्व बाँडफाँटतर्फ रु पाँच करोड १३ लाख २३ हजार, वित्तीय हस्तान्तरणतर्फ रु १७ करोड ९४ लाख ७४ हजार विनियोजन गरेको छ। 

उक्त बजेटका लागि सङ्घीय सरकारबाट प्राप्त रु चार करोड ४७ लाख ९९ हजार, समानीकरण अनुदानतर्फ रु सात करोड २५ लाख, ससर्त अनुदानतर्फ रु नौ करोड १९ लाख विनियोजन भएको थियो। 

Hardik ivf

यसैगरी प्रदेश सरकारबाट प्राप्त रु ६७ लाख २४ हजार, समानीकरण अुनदानतर्फ रु ५० लाख ७४ हजार, सर्सत अनुदानतर्फ रु ५० लाख र समपूरक अनुदानतर्फ रु ५० लाख प्राप्त भएको थियो। 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु पाँच करोड ७० लाख ४७ हजार, सामाजिक विकासतर्फ रु दुई करोड ५१ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड २१ लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ रु ४० लाख, पूर्वाधार विकासतर्फ रु छ करोड २६ लाख, आर्थिक विकासतर्फ रु एक करोड ३२ लाख ५० हजार विनियोजन भएको छ।

गाउँपालिकाका अध्यक्ष कान्छा घलेले संस्कृति संरक्षण, सामाजिक सुरक्षा तथा संरक्षण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि, पर्यटन, पुशलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिमलगायत योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ।  

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्