Kathmandu Press

गाडीको ठक्करबाट सर्लाहीमा एक युवकको मृत्यु

गाडीको ठक्करबाट सर्लाहीमा एक युवकको मृत्यु

सर्लाही, असार १६ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बिहीबार राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

उनका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो। घाइते युवकलाई तत्कालै नमुना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्