Kathmandu Press

घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं, असार १७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार...
घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं, असार १७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्