Kathmandu Press

अमेरिकामा गोली चल्दा ९ जना घाइते

वासिङटन, असार १६ : अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य...
अमेरिकामा गोली चल्दा ९ जना घाइते

वासिङटन, असार १६ : अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि  सो सामूहिक गोलीबारीको घटना भएको हो।

गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६:२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत  गर्दै बिहीबार उल्लेख गरेको छ।  पीडितमा एक नाबालक समेत रहेको बताइएको छ।

घटना बारे नेवार्क प्रहरी विभाग द्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ।

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानुन लागू भएको थियो।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्