डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, चालकको मृत्यु

डोल्पा, असार १७ : डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा शुक्रबार बिहान जिप दुर्घटना भएको छ। दुर्घटनाम परी जिपका चालकको मृत्यु भएको छ ।
सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् ।
प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












