झापामा हात्ती मृत फेला
झापा, असार १७ : झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला...2020-10-30-07-51-01.jpeg)
झापा, असार १७ : झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए। हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए।
प्रकाशित मिति: १०:१८ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












