Kathmandu Press

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली 

काठमाडौं, असार १७ : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ ।बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका...
आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली 

काठमाडौं, असार १७ : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ ।

बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको हो । यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

Hardik ivf

प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

पहाडी भूभागमा भू क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: ०७:२० बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्