सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
काठमाडौं, असार १६ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा सवारी...
काठमाडौं, असार १६ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा सवारी दुर्घटनामा परी सु.प.प्र ०१-००१ ह ४६२९ नम्बरको अटोका चालक दार्चुला लेकम गाउँपालिका ३ घर भई सोही गाउँपालिका ४ उत्तरबेहडी डेरा गरी बस्ने ५० वर्षीय लक्ष्मण सिंह बोहराको बिहीबार बिहान मृत्यु भएको छ । उक्त अटोले बिग्रीएको सु.प.प्र. ०१-००१ ह ४६३२ नम्बरको अटोलाई तानेर ग्यारेजतर्फ लैजाने क्रममा अनियन्त्रित भई भएको दुर्घटनामा गम्भीर घाइते भएका लक्ष्मणको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बिग्रिएको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ राधा कृष्ण मन्दिर नजिक सडकमा ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००४ प १५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बागमती प्रदेश०३-००४ प १५९९ नम्बरको मोटरसाइकलका चालक सोही उपमहानगरपालिका १८ सिम्ले बस्ने २५ वर्षीय बिशाल थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सन्चो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका १८ फुर्केचौर बस्ने २३ वर्षीय सुमन थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय लक्ष्मण आचार्यको उपचार भईरहेको छ ।
यस्तै बाँके, खजुरा गाउँपालिका–२ एलगाउँस्थित खेत जोत्नेक्रममा भे.२ त १७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो पल्टिदा ट्याक्टरले च्यापेर चालक सोही गाउँपालिका(५ खजुरा बस्ने २५ वर्षीय देबेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












