Kathmandu Press

राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ

राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ
Hardik ivf

काठमाडाैं, असार १६ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन। शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्