Kathmandu Press

अटो पल्टिँदा एक जनाको मृत्यु

कैलाली, असार १६ : कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भई...
अटो पल्टिँदा एक जनाको मृत्यु

कैलाली, असार १६ : कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भई हाल धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मणसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अटो अचानक अनियन्त्रित भई पल्टिँदा अटोचालक छाती, पेट र हातमा चोट लागी घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्