Kathmandu Press

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्सेल रहेनन्

काठमाडाैं, असार १६ : दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ। वेस्ट...
दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्सेल रहेनन्

काठमाडाैं, असार १६ : दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ। 

वेस्ट भर्जिनियाका स्थायी वासिन्दा उनको हन्टिङगटनस्थित चेट्रान्स अफेयर्स मेडिकल सेन्टरमा आज मृत्यु भएको हो। 'आज अमेरिकाले समुद्रमा परिचालित एक बहादुर सैनिकमात्र गुमाएको छैन सर्वोच्च सम्मान पाएका स्वतन्त्रताका रक्षकलाई गुमाएको छ,' अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा भनेका छन्। 

दोस्रो विश्वयुद्धमा उनले जापानी सैन्यको तोपगोलाको पर्वाह नगरी कैयौँ सैन्य संरचना एक्लै ध्वस्त पारेका थिए। बाइस वर्षका हर्शेललाई उनको सौर्यको सराहना गर्दै सन् १९४५ मा राष्ट्रपति ह्यारी ट्रुम्यानले ह्वाइट हाउसमा राष्ट्रको सर्वोच्च पुरस्कार प्रदान गरेका थिए। 

जापानसँगको भीषण युद्धमा अमेरिकी बख्तरबन्द गाडी र पैदल सेनाका लागि उनले बाटोमात्र बनाएनन् जापानीले ठाउँठाउँबाट शत्रुमाथि प्रहार गर्न तयारी अवस्थामा राखेका मेसिनगन  हटाएका थिए। शत्रुपक्षले चारैतिरबाट गरेको प्रहारको एक्लै सामना गर्दै उनी चार घण्टा लडेका र जापनी फौजलाई आच्छुआच्छु पारेका थिए। 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्