Kathmandu Press

घाटमा जलाउँदै गर्दा किशोरीको शव प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज, असार १६ : पर्साकाे एक घाटमा जलाउँदै गर्दाको अवस्थामा एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरबाट १४ वर्षीया किशोरी...
घाटमा जलाउँदै गर्दा किशोरीको शव प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज, असार १६ : पर्साकाे एक घाटमा जलाउँदै गर्दाको अवस्थामा एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरबाट १४ वर्षीया किशोरी महिमा कुमारीको आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

किशोरीको शंकास्पद रूपमा मृत्यु भएको र परिवारजनले प्रहरी र गाउँलेलाई जानकारी नै नदिई अन्त्येष्टि गर्न थालेको सूचना पाएलगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको जनाइएको छ।

परिवारजनले घरमै विष सेवन गरेर ती किशोरीले आत्महत्या गरेको बताएको र घटनाबारे अनुसन्धान गर्न मृतक किशोरीका दिदी, आमा र ठुलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। किशोरीले साँच्चै आत्महत्या गरेको हो वा हत्या गरेर अरुलाई थाहै नदिई जलाउन खोजिएको हो भन्ने बुझ्न अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीलाई देखेर केही मलामी भागेको र परिवारका लोग्ने मानिसजति सबै फरार रहेकाले खोजी भइरहेको जनाइएको छ। शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा लगिएको प्रहरीले बताएको छ।

जाहेरी दिन कोही नआएपछि प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भइरहेको बुझिएको छ।

स्थानीयले महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध रहेको र त्यसलाई छाड्नू भन्दै परिवारले उनलाई मानसिक र शारीरिक यातना दिने गरेको बताएका छन्।
 

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्