Kathmandu Press

मंगाेलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

उलान बातोर, असार १६ : मंगाेलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते...
मंगाेलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

उलान बातोर, असार १६ : मंगाेलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मंगाेलियाली राष्ट्रिय पर्व नादम नजिकिँदै गर्दा बाल जकीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दाहरू उठिरहेका बेला प्रहरीको उक्त वक्तव्य सार्वजनिक भएको हो।

युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको आधिकारिक पर्व बिदा भने जुलाई ११ देखि १५ सम्म मनाइन्छ।
सन् २०२१८ मा मङ्गोलियाली सरकारले जाडोमा घोडा दौडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।   

राष्ट्रिय नादम घोडा दौडको नियमअनुसार बाल जकीको न्यूनतम उमेर सात वर्ष तोकिएको छ। यद्यपि यो नियम देशमा वर्षभरि आयोजना हुने सबै घोडा दौडहरूमा भने लागू हुँदैन।

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्