Kathmandu Press

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडौं, असार १६ : काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप...
ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडौं, असार १६ : काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक बत्ती जडानकार्यलाई तीव्रता दिएको हो ।

सोहीअनुसार आज कार्यालयले ललितपुर महानगरपालिका–३ र तन्त्र भेन्चर्स प्रालिको सहकार्यमा ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो। बत्तीको शुभारम्भ गर्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए। 

Hardik ivf

‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ उनले भने। प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने उनको भनाइ छ।

कार्यक्रममा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताउँदै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए।  

कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट  सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रक्रियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ। कार्यालयले ट्राफिक बत्ती सञ्चालनमा आएका चोकमा ट्राफिक बत्तीको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न चालक तथा पैदलयात्रुलाई अनुरोध गरेको छ।  

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्