Kathmandu Press

मधेस प्रदेशका सहिद परिवारलाई भरणपोषण र छात्रवृत्ति

जनकपुर, असार १६ : मधेस आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेस प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद...
मधेस प्रदेशका सहिद परिवारलाई भरणपोषण र छात्रवृत्ति
Hardik ivf

जनकपुर, असार १६ : मधेस आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेस प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेसी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक रु १२ हजारका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो।
  
यस्तै सहिद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

‘सहिद परिवारको भरणपोषण तथा छात्रवृत्तिका लागि आवेदन दिन हामीले सूचना जारी गरेका छौं,' उनले भने, ‘यसका लागि प्रदेश सरकारले यस वर्ष रु एक करोड विनियोजन गरेको छ, अब कतिको सङ्ख्यामा आवेदन आउँछ त्यही हिसाबले हामी रकम वितरण गर्छाैं तर कार्यविधिमा रु २१ हजारसम्म दिने भनिएको छ, निवेदन कतिको सङ्ख्यामा आउँछ त्यही अनुसार रकम घटबढ पनि हुन सक्छ।' 

सहिद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई रु १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताए। प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा ९६० बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारमध्ये  आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्