Kathmandu Press

नाइजेरियाको सडक दुर्घटनामा पाँचजनाको मृत्यु, नौ घाइते

अबुजा, असार १६ : नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै...
नाइजेरियाको सडक दुर्घटनामा पाँचजनाको मृत्यु, नौ घाइते

अबुजा, असार १६ : नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमान्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो। 

मृतक पाँच जनामा कोही जलेका छन्  भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ। 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्