Kathmandu Press

मनाङ जिल्ला अस्पतालको बेहालः न चिकित्सक छन्, नत औषधि नै

चामे, कात्तिक २६ : विश्व विख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ स्वास्थ्यका दृष्टिकोणले पनि अति जोखिम र संवेदनशील क्षेत्र हो।

मनाङमा आन....

मनाङ जिल्ला अस्पतालको बेहालः न चिकित्सक छन्, नत औषधि नै

चामे, कात्तिक २६ : विश्व विख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ स्वास्थ्यका दृष्टिकोणले पनि अति जोखिम र संवेदनशील क्षेत्र हो।

मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिड लाग्छ। हाई अल्टिच्युडको उच्च जोखिम हुने मनाङ क्षेत्रमा रहेको जिल्ला अस्पताल भने अभाव नै अभावमा गुज्रिएको छ। 

अभावकै कारण स्थानीयदेखि पर्यटकहरुलाई जिल्ला अस्पतालले सामान्य सेवाबाहेक अन्य सेवा दिनै मुस्किल छ। अस्पतालमा न दरबन्दी अनुसार पर्याप्त कर्मचारी छन् न त, पर्याप्त औषधि नै।

कर्मचारी अभावमा अत्यावश्यक सेवामा प्रयोग हुने एक्सरे, प्रयोगशाला लगायतका मेसिनहरु समेत थन्किएको मेडिकल अफिसर सन्तोष अधिकारीले बताए। उनले भने, ‘अस्पतालमा निशुल्क औषधि  नआएको वर्षौ भइसक्यो। कतिपयलाई त औषधि नभएरै फर्काउनुपर्छ।’

ल्याव हेर्ने कर्मचारीले राजीनामा दिएको लामो समय वितिसक्दा पनि कर्मचारी नआउँदा ल्यावका सामाग्री यत्तिकै यत्रतत्र छन्। विद्युतको समस्या भइरहने  भएपनि अस्पतालमा जेनेरेटरको व्यवस्था नहुँदा आपतकालिन अवस्थामा विद्युतकै कारण सेवा दिन नसक्ने अवस्था छ। 

चिसोका कारण ल्यावका सामग्री, केमिकल र औषधि बिग्रिे गरेका छन्। मुख्य समस्या विद्युत र कर्मचारी अभावको रहेपनि यसबारे पटक–पटक सम्बन्धित  निकायलाई खबर गर्दा समेत सुनुवाई नभएको अस्पतालका निमित्त मेडिकल अफिसर प्रविन घिमिरेले बताए। उनका अनुसार कुनैबेला अत्यावश्यक परेपनि अस्पतालमा एम्बुलेन्स सेवा छैन। 

भूकम्पले जिर्ण बनाएको भवनमा अस्पताल चलाइएपनि भवन चर्किएको ठाउँमा टालटुल गर्ने बाहेक अन्य काम हुन सकेको छैन। मनाङ सदरमुकाम चामेमा रहेको जिल्ला अस्पतालमा खासै बिरामीहरुको चाप त रहँदैन तर पनि स्वास्थ्य सेवाको लागि आवश्यकता अनुसारका जनशक्ति र उपकरण भएपनि अस्पताल आएका बिरामीले पर्याप्त सेवा लिनै पाएका छैनन्।

मनाङमा जिल्ला अस्पताल भएर पनि उपकरणबाट गरिने रोग तथा समस्या निदान र उपचारका लागि जिल्लामै सेवा नपाउँदा स्थानीय अन्यत्र जान बाध्य भएका छन्। 

 

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्