Kathmandu Press

वर्षाले भोजपुरका पाँच स्थानीय तहमा यातायात अवरुद्ध

भोजपुर, असार १६ : वर्षाका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ। वर्षाले ग्रामीण भेगका कच्ची सडकमा क्षति पुगेकाले यातायात...
वर्षाले भोजपुरका पाँच स्थानीय तहमा यातायात अवरुद्ध

भोजपुर, असार १६ : वर्षाका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ। वर्षाले ग्रामीण भेगका कच्ची सडकमा क्षति पुगेकाले यातायात सेवा अवरूद्ध भएको हो।

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ। सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो।

सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दुध संकलनमा समस्या भएको छ। मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ। भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ।

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्