Kathmandu Press

वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

महेन्द्रनर, असार १६ : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ।बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान...
वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

महेन्द्रनर, असार १६ : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ।

बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो। घटनामा परी दुई जना घाइते भएका छन्।

Hardik ivf

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्।

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले बताए। घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन्। दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:४९ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्