Kathmandu Press

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगरपालिका

खोटाङ, असार १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ।पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि...
हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगरपालिका

खोटाङ, असार १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ।

पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो।

Hardik ivf

नगरपालिकाका ११ वडाकै स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्यचौकीको तथ्याङ्कअनुसार नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले बिसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेला दुवै मात्रालगायत १२ किसिमका खोप पाएको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए। बाँकी चार प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेपनि उनीहरुले पनि सबै खोप लगाइसकेको उनले बताए।

२०७८ वैशाखदेखि २०७९ वैशाखसम्म ५११ बालबालिका जन्मिएकामा ४९१ बालिबालिकाले विभिन्न वडाको स्वास्थ्यचौकीबाट तथा बाँकी २० बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्यचौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको आचार्यले बताए। नगर प्रमुख विमला राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका हुन्।

यसैबीच आगामी आर्थिक वर्षको वार्षिक स्वास्थ्य प्रतिवेदन पनि सार्वजनिक गरिएको छ। २०७४ सालदेखि नै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका लागि परेको र पूर्ण खोप सुनिश्चित नगर बनाइएको नगर प्रमुख राईले बताए।

नगरपालिकाभित्र बर्थिङ सेन्टरसहितको ११ वटै वडामा स्वास्थ्यचौकी र चार शहरी स्वास्थ्यचौकी सञ्चालनमा छन्। दुई सहरी स्वास्थ्यचौकीलाई सञ्चालनमा ल्याउन तयारी भइरहेको नगरपालिकाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:५२ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्