Kathmandu Press

बाढीले बाँध कटान गर्दा २५ परिवार जोखिम

सप्तरी, असार १६ : अविरल वर्षाका कारण जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दुई ठाउँमा बाँध कटान गरेको छ।तिलाठी कोइलाडी–५ को...
बाढीले बाँध कटान गर्दा २५ परिवार जोखिम

सप्तरी, असार १६ : अविरल वर्षाका कारण जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दुई ठाउँमा बाँध कटान गरेको छ।

तिलाठी कोइलाडी–५ को बर्साइनको बर्साइन टोलमा जिता खोलाले करिब पाँच मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको गाउँपालिका कार्यालयले जनाएको छ।

यसैगरी वडा नम्बर ७ मा गत वर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ। वडा नम्बर १ तिलाठीमा समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान शुरु भएको छ।

वडा नम्बर १ र ७ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य आजबाट सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए।

 

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, असार १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्