Kathmandu Press

वर्ल्डलिंकले फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै, अब अपलोड स्पिड पनि डाउनलोड जत्तिकै 

काठमाडौं, असार  १५ : नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक...
वर्ल्डलिंकले फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै, अब अपलोड स्पिड पनि डाउनलोड जत्तिकै 

काठमाडौं, असार  १५ : नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। 

कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमश एक्सजीएस–पोन मा अपग्रेड गर्दै लैजाने जानकारी दिएको छ। नेपालमा एक्सजीएस–पोन मा नेटवर्क अपग्रेड गर्ने मा वर्ल्डलिंक पहिलो कम्पनी हो। 

योसंगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिंक तथा १.२५ जीबीपीएस अपलिंक असममित ब्यान्डविथ भएकाकाले समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव नभएको कम्पनीले जनाएको छ। 

तर अब एक्सजीएस–पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इन्टरनेट नेटकर्वकमा पोन एउटा यस्तो बिन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरुका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटरमा जोडिएको हुन्छ। 

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिंक ब्यान्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्यान्डविथको क्षमता चार गुणा बढी छ, साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोनको तुलनामा केही सुधार हुने कम्पनीले जनाएको छ। ‘सैद्धान्तिक रुपमा हरेक जीपोन पार्टहरुबाट अहिलको १२८ ग्राहको तुलनामा दोब्बर संख्या २५६ ग्राहकहरुलाई इन्टरनेट कनेक्सनहरु उपलब्ध गराउन सकिने छ,’ कम्पनीले भनेको छ, ‘साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस–पोनमा हालको एक्सेस लोकेसनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिनेछ।’

निकट भविष्यमा एक्सजीएस–पोनलाई सफ्टवेयरबाट अपग्रेड गरी २५ जी पोन को लागि पनि नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ।

यसबाट अब भविष्मा १ जीबीपीएस भन्दा बढी ब्यान्डविथ स्पिडमा इन्टरनेट सेवा दिन सकिने कम्पनीले जनाएको छ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फरेन्स जस्ता अपलिंक ब्यान्डविथ बढी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ। साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा एमपीएलएस सेवा दिने कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्