Kathmandu Press

सुडान-इथियोपिया तनाव कम गर्न राष्ट्रसंंघको आग्रह

संयुक्त राष्ट्रसंघ, असार १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन्।उनले...
सुडान-इथियोपिया तनाव कम गर्न राष्ट्रसंंघको आग्रह

संयुक्त राष्ट्रसंघ, असार १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन्।

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरेका हुन्।

उनका प्रवक्ता स्टेफान डुजारिकले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा भनेका छन्, 'आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ।'

हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक मारिएका थिए । त्यसको सुडानले कडा विरोध गर्दै आएको छ । सुडानी अधिकारीहरुका अनुसार इथियोपियाका सेनाले आफ्नो सेनाको हत्या गरेको थियो र त्यसका विरुद्धमा सुडानले संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दिने तयारी गरेको छ । तर यसरी विवाद नबढाई आपसमा वार्ता गरेर समस्या समाधान गर्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, असार १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्