भारतमा १४ हजार ४ सयभन्दा बढीमा कोरोना सङ्क्रमित
नयाँ दिल्ली, असार १५ : मंगलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन्।हाल भारतमा कोरोनाका...
नयाँ दिल्ली, असार १५ : मंगलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन्।
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ७७ जनाको मृयु भएको छ।
हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमित करिब एक लाखनजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ।
पछिल्लो एक दिनमा एघार हजार ५४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ।
यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।












