Kathmandu Press

बुढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडाै., असार १५ : बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ। सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज...
बुढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडाै., असार १५ : बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ। सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ। उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो।

Hardik ivf

नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको जानकारी दिए।

उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ।  नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालन भएको श्रेष्ठले बताए।

यस्तै, प्राधिकरणको बलम्बु फिडरअन्तर्गत प्रवाह हुने बिजुलीमा समेत सामान्य पानी पर्ने बित्तिकै समस्या हुने गरेको छ। विशेषगरी चन्द्रागिरि नगरपालिका–१, २ र १२ मा बढी समस्या देखिने गरेको छ। समस्या समाधानका लागि पटकपटक स्थानीयवासीले प्राधिकरणको बलम्बु फिडरलाई आग्रह गरे पनि प्रभावकारी सुनुवाइ नगरेको गुनासो गरेका छन्।

कुलेश्वर वितरण केन्द्र मातहत रहने गरी बलम्बु फिडरले काठमाडौँको पश्चिम क्षेत्रको बिजुली प्रवाहको व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्