Kathmandu Press

बाढी र डुबानका कारण विद्यालय बन्द

बाढी र डुबानका कारण विद्यालय बन्द

सुनसरी, असार १५ : लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ। 

दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए। 

डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुनसक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख भण्डारीले बताए।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिए। 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, असार १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्