Kathmandu Press

बालिकालाई कांग्रेस नेता पौडेलको सहयोग

तनहुँ, असार १५ : तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...
बालिकालाई कांग्रेस नेता पौडेलको सहयोग

तनहुँ, असार १५ : तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन्। 

बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले आज रु दश हजार आर्थिक सहयोग गरेका हुन्।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाएका हुन्। 

नेपाली कांग्रेसका युवा नेता देव रसाइलीमार्फत पौडेलले ती बालिकाका परिवारलाई रकम पठाएका हुन्। सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा यही असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो। बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ। 

बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैंक लेकसाइड शाखामा खाता खोलिएको छ। सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असार १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्