Kathmandu Press

सुरक्षा कारबाहीमा २२ आतंककारी मारिए

ओउगादुगु, असार १५ : बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतंककारी मारिएका छन्।उक्त प्रान्तमा केही दिन यतादेखि...
सुरक्षा कारबाहीमा २२ आतंककारी मारिए

ओउगादुगु, असार १५ : बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतंककारी मारिएका छन्।

उक्त प्रान्तमा केही दिन यतादेखि आतंककारी गतिविधि जारी रहेको भन्ने सूचनाका आधारमा सुरक्षाकर्मीहरुले सो कारबाही अघि बढाएको थियो।
   
सो प्रान्तका कम्तीमा पनि तीन ओटा आतंककारीका आश्रयस्थल पनि प्रहरीले भत्काइदिएको छ। त्यसक्रममा ठूलो संख्याका हतियारहरु पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सो प्रान्तमा गत हप्ता मात्र पनि सुरक्षा कारबाहीमा परी कैयौँ आतंककारी मारिएका थिए। यहाँका सुरक्षा पछिल्लो समय बुर्किनाफासोमा अधिकारीहरुले आतंककारीविरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि जनाएका छन्। 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, असार १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्