Kathmandu Press

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

बेइजिङ, असार १५ : रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।युक्रेनमा जारी युद्धका कारण अधिकांश...
युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

बेइजिङ, असार १५ : रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।

युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली ९सिइई० देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७ं१ पहल’ गम्भीररूपमा प्रभावित भएको छ। सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली (सिइई) देशहरूबीचको व्यापार र लगानी सम्बन्धलाई प्रवर्धन गर्न गठन गरेको थियो। 

Hardik ivf

सिइई सरकारको मनोवृत्तिमा असहजता महसुस गरेपछि चीनले रूस–युक्रेन द्वन्द्वसम्बन्धी अस्पष्ट विषय प्रस्ट गर्न तथा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा उनीहरूको चासोलाई पुनः स्थापित गर्न आफ्ना दुई प्रतिनिधिमण्डल परिचालन गरे पनि सिइई देशहरूले  प्रतिनिधिमण्डललाई खासै महत्व नदिँदा बिआरआईको भविष्य अन्योलमा परेको छ। सबैभन्दा निराशाजनक प्रतिक्रिया पोल्याण्डबाट प्राप्त भयो जहाँ चिनियाँ प्रतिनिधिमण्डलले पोल्याण्डको विदेश मन्त्रालयका अधिकारीहरूलाई  भेट्नसमेत पाएनन्।

चीनले युरोपेली क्षेत्रमा आफ्नो प्रवेश बढाउन ‘१७ं१ पहल’ गरे पनि लगानीका प्रतिबद्धता वास्तविक लगानीमा परिणत हुन सकेको छैन। यो वर्ष ‘१७ं१ पहल’ को दशौँ स्थापना दिवस हो तर धेरैजसो सिइई देशहरूले त्यसमा खासै  उत्साह देखाएका छैनन्। चिनियाँ लगानी हङ्गेरी, चेक गणतन्त्र र पोल्याण्डमा मात्र सीमित छ। 

अपेक्षित मुनाफा प्राप्त नभएकाले चिनियाँ कम्पनीहरूले पनि यी देशमा लगानी गर्न खासै उत्साह देखाएका छैनन्। सिइई क्षेत्रमा चीनको छवि सुधार्न सक्ने रोमानियाको सेर्नाभोडा आणविक ऊर्जा संयन्त्र वा बुडापेस्ट (हंगेरी), बेलग्रेड (सर्बिया) रेलवे परियोजनाजस्ता केही प्रमुख परियोजनामा विलम्ब भइरहेको छ। 

जारी रुस–युक्रेन द्वन्द्वले सम्पूर्ण युरोपेली क्षेत्रको गतिशीलता परिवर्तन भएको छ। युक्रेनलाई समर्थन गरेर अमेरिकाले यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाएको छ र सिइइहरू पनि किएभको आसपास नै रहेकाले उनीहरू पनि  वासिङगटनको प्रभावबाट बाहिरिन सकेका छैनन्।

अमेरिकाले चीनलाई रणनीतिक र आर्थिक प्रतिस्पर्धीका रूपमा लिएकाले त्यसले युरोपेली एकता तोड्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्