Kathmandu Press

पत्नीलाई पेट्रोल छर्केर आगो अगाएको आरोपमा एकजना पक्राउ

पत्नीलाई पेट्रोल छर्केर आगो अगाएको आरोपमा एकजना पक्राउ

दाङ, असार १५ : दाङको तुलसीपुरमा आफ्नै पत्नीलाई पेट्रोल छर्केर आगो अगाएको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ४२ वर्षीय उज्वल चनारा रहेको प्रहरीले जानकारी दिएको छ।

चनाराले मंगलबार दिउँसो घरमै शरीरमा पेट्रोल छर्केर २८ वर्षीया पत्नी माया श्रेष्ठलाई आगो लगाएका थिए। मायाको को हात र खुट्टा जलेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

चनारालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएके इलाका प्रहरी कार्यालय तुलसीपरले जनाएको छ।

प्रकाशित मिति: १२:०० बजे, बुधबार, असार १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्