Kathmandu Press

बाँकेमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

नेपालगञ्ज, असार १५ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी...
बाँकेमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

नेपालगञ्ज, असार १५ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। 
 
थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन्। उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित मिति: ११:२९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्