Kathmandu Press

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट सूचीमा १५ पुस्तक

काठमाडौं, असार १५ : पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट सूचीमा परेका १५ पुस्तकको नाम सार्वजनिक गरिएको छ।खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पुस्तकको सूची...
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट सूचीमा १५ पुस्तक

काठमाडौं, असार १५ : पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट सूचीमा परेका १५ पुस्तकको नाम सार्वजनिक गरिएको छ।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको हो। यहि १५ पुस्तकबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन्।

Hardik ivf

यसका लागि एक सय ४४ पुस्तक आएको प्रतिष्ठानले जनाएको छ। खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले २०६३ सालबाट पुरस्कार प्रदान गर्दै आएको छ।

छनोट भएका १५ पुस्तक

१) अग्निः ​​​डा. नवराज लम्साल
२) अर्को भोरः​​ केशवराज ज्ञवाली
३) एक सम्बोधन समयमाथि: दीनानाथ शर्मा
४) काफ्काको काम सकियो:​ राजव
५) गुरु​​​: कविता राई
६) छाइल: लोकराज भट्ट
७) ताल्चा: दिलिप बान्तवा
८) निनाद वल्लरी: अलका आत्रेय
९) पैतालामा हिउँ, आँखामा हिमाल​: राजेन्द्रमान डङ्गोल
१०) भिक्षुसँग प्रेमः उषा हमाल
११) भोजपुरको वाङ्मय​: डा. विप्लव ढकाल
१२) महाभारा​​: वसन्त बस्नेत
१३) मिथ्या: दीपक पराजुली
१४) यादहरूको सङ्ग्राहलय: केवल बिनाबी
१५) सत्यमोहनः गिरीश गिरी

प्रकाशित मिति: ०७:२५ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्