Kathmandu Press

धान दिवसमा कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत, असार १५ : कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।...
धान दिवसमा कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत, असार १५ : कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।

असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ। प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने बताए।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्