Kathmandu Press

काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम

काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम

काठमाडौं, असार १४ : काठमाडौं विश्वविद्यालय (केयू)ले मास्टर्स इन मिडिया स्टडसज कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै यसै वर्षदेखि अध्ययन सुरु गर्ने गरी मिडिया स्टडिज विषय स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी केयूले जानकारी दिएको हो । विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडिज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएको छ । 

केयूको मिडिया स्टडिज कार्यक्रममा प्रविधिक सीप र सैद्धान्तिक ज्ञानको सम्मिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्यधिक माग रहने गरेको छ । यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन्।  यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन्। 

मास्टर्स् इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक बर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा पढाई शुल्क ४ लाख रुपैयाँ कायम तोकिएको छ। यस कार्यक्रममा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था छ। 

मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरु आमसञ्चारका क्षेत्रमा समाचार संवाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन्। 

स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ।    

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्