Kathmandu Press

अनलाइन जुवा खेलाएकाे आराेपमा ११ जना पक्राउ

मकवानपुर, असार ११ : अनलाइन जुवा खेलाएकाे आराेपमा प्रहरीले ११ जनालाई पक्राउ गरेकाे छ। हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले...
अनलाइन जुवा खेलाएकाे आराेपमा ११ जना पक्राउ

मकवानपुर, असार ११ : अनलाइन जुवा खेलाएकाे आराेपमा प्रहरीले ११ जनालाई पक्राउ गरेकाे छ। हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले मंगलबार ११ जनालाई पक्राउ गरेको हाे।

हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरा गरी बस्ने कुलदिप पाठकको कोठाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।

Hardik ivf

पक्राउ पर्नेहरूमा हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल रहेका छन्।

त्यस्तै मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ परेका छन।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० वटा मोबाइल, ३ वटा ल्याप्टप, ५ वटा कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्