Kathmandu Press

‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ

काठमाडाैं, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताएकी छन।शिक्षा...
‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ

काठमाडाैं, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताएकी छन।

शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) दोस्रोले स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा आज आयोजना गरेको ‘राष्ट्रिय सीप प्रतियोगिता–२०७९’ को समापन कार्यक्रममा उनले युवालाई स्वदेशमा तालिम प्रदान गरी उनीहरुको ज्ञान, सीप र क्षमतालाई मुलुकको विकासमा लगाउनुपर्ने बताइन।

Hardik ivf

'मुलुकको समग्र विकासका लागि देशको कुना कन्दरा तथा विश्वभर छरिएर रहेका युवालाई स्वदेशमै टिकाइराख्ने वातावरण निर्माण गर्नुपर्छ,' उनले भनिन। राज्यमन्त्री यादवले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाद्वारा सञ्चालित कार्यक्रमले युवालाई सीप अभिवृद्धि गर्न र रोजगारीको क्षेत्रमा धेरै हदसम्म सहयोगी भूमिका निर्वाह गर्ने बताइन।

परियोजनाका निर्देशक एवं शिक्षा मन्त्रालयका उपसचिव चन्द्रकान्त भुसालले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारी प्रदान गर्न परियोजनाले काम गर्दै आएको बताइन। उनले नवीनतम सोचका साथ अगाडि बढेको उक्त परियोजनाले देशका विभिन्न स्थानमा बसोबास गर्ने १५ देखि ४० वर्षसम्मका एक लाख १५ हजार विपन्न, दलित, महिला तथा अपाङ्ग व्यक्तिलाई छोटो समयको तालिम प्रदान गर्ने लक्ष्य लिएको उल्लेख गरिन।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका अध्यक्ष अच्युत नेपालले मुलुकको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न प्रकारका तालिमको खाँचो रहेको उल्लेख गरे। 'तालिम नदिई रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभए देशको विकास हुँदैन, देशको विकासका लागि तालिम अपरिहार्य छ,' उनले भने।

परियोजनाका उपनिर्देशक खेमनाथ पोखरेल, स्किलिङ नेपालका कार्यक्रम संयोजक रोहितकुमार गुरागाईं, बालाजु स्कुल अफ टेक्नोलोजीका प्राचार्य गुणानन्द झालगायतले मुलुकको विकासका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको धारणा राखे।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्