Kathmandu Press

पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

इस्लामाबाद, असार १४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमका...
पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

इस्लामाबाद, असार १४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए।

बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न  अन्य सात जना इनारभित्र पसेका थिए दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको  सिन्ह्वाले उल्लेख गरेको छ।

उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ।

सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्