Kathmandu Press

रुसी क्षेप्यास्त्र आक्रमणमा परी १८ को मृत्यु, उद्धार कार्य जारी

क्रेमेन्चुक, असार १४ : रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख —२२...
रुसी क्षेप्यास्त्र आक्रमणमा परी १८ को मृत्यु, उद्धार कार्य जारी

क्रेमेन्चुक, असार १४ : रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख —२२ (रसियन : एक्स —२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो।   

आक्रमणमा परेका अरु ३६ जना अझै पनि सम्पर्क विहीन रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ।

'घटनामा परी घाइते भएका मध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,' एक सरकारी अधिकारीले भने।

स्थानीय अधिकारीहरूले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन्।

आक्रमण भएका बेला झण्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए। घटनामा परी हताहती भएकाहरूको यकिन भएको छैन।

जर्मनीमा जी ७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो।

गत फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ। रुस—युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भएपनि अहिले वार्ता पनि रोकिएको छ।

वाह्य तथा अन्तर्राष्ट्रिय दवाव भइरहेपनि रुस र युक्रेन दुवै आ आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै संकेत देखिएको छैन।

निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ। मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्