Kathmandu Press

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

धनगढी, असार १४ : कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । 

कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन्। उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए। 

त्यस्तै चट्याङबाट कैलारी–३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका–४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन्। आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्