Kathmandu Press

खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित

खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित

जुम्ला असार १४ : जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बारागाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन्। सो गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि संघर्ष गर्नुप¥यो । 

एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद क्षण पुनिबल अहिले पनि झलझल्ती सम्झिनुहन्छ। गाउँमा वर्षैदेखि खानेपानी अभाव हुँदाको पीडा पुनिबल भन्दा बारागाउँकी सन्तली रावतले बढी भोग्नु परेको छ। एक गाग्री पानीका लागि घर छिमेकीसँग भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तलीले पोखे। 

वर्षोपछि नमूना खानेपानी आयोजना निर्माण हुँदा पूरै गाउँबासीनै उत्साहित छन्‘गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ। यसबाट महिलालाई बढी राहत हुने आशा छ।’ सो खानेपानीबाट सरसफाई, सिँचाइसम्म सहज हुने स्थानीयवासी बताउँछन्।

बारागाउँमा झण्डै १७२ घरधुरीमा ११ सय जनसङ्ख्या छ । गाउँमा बनेको बारागाउँ वृहत्त बहुउपयोगी खानेपानी आयोजनाले सहज बनाएको आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिए। 

पेश नेपाल जुम्लाद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमूना वृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो। आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भने, ‘करिब ६० लाख २५ हजार लगानीमा २८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरिएको छ । करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ।’ बारागाउँबासीको आवश्यकतालाई मध्यनजर गरी वृहत्त खानेपानी आयोजना बनाएको पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिए

आयोजनाबाट गाउँमा  १७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयवासीले आफै गरेका छन् । धारा बनाउन मिटर, टुटी सबै उपलब्ध गराइएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमूना भएको बताए।्

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्