Kathmandu Press

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

संयुक्त राष्ट्रसंघ : सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ। केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या...
सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

संयुक्त राष्ट्रसंघ : सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ। 

केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो निर्णय गरेको हो। सुडान सरकारका प्रवक्ताका अनुसार उक्त विषयमा यहाँस्थित इथियोपियाली राजदूतलाई बोलाएर सुडानले जानकारी दिइसकेको छ। सुडानले पनि अदिसअबाबाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

सुडानले लामो समयदेखि नै आफ्ना सैनिक र एक सर्वसाधारणको हत्याको छानबीन गरी त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो। इथियोपियाले त्यस विषयमा कुनै चासो नदिएपछि सुडानले इथियोपियाविरुद्ध संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दर्ता गर्न लागेको हो। 

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्