Kathmandu Press

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

काबुल, असार १४ : अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ। चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो। चिनियाँ अधिकारीहरूका...
अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

काबुल, असार १४ : अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ। चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो। 

चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । 
पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन्। अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन्। 

Hardik ivf

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए । राजदूत वाङले घोषित सहयोगबाट नै राहत सामग्रीको पहिलो खेप प्रदान गरिएको उनले बताए। 

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ। अफगान भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुुलुकले पनि सहयोग गरिरहेका छन्। 

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्